Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • कांग्रेस सांसद केसीले भने – भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राखे विद्रोह हुन्छ

    कांग्रेस सांसद केसीले भने – भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राखे विद्रोह हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 489
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद स्वीकार्न नसकिने बताएका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।



    सांसद केसीले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।



    सांसद केसीले भने, ‘सरकार भ्रष्टाचार जोगाउन लागेको, ठूला भ्रस्टाचारका काण्ड छिपाउन लागि परेको भाष्य समाजमा बनाउन खोजिँदैछ । भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने कुरा भद्दा मजाक हो । भ्रष्टाचारमा अनुसन्धानमा समयसीमा राखे असन्तुष्टि मात्रै होइन विद्रोह जन्मिन्छ । यदि भ्रष्टाचारमा अनुसन्धानको सीमा राख्ने कुरा भयो भने म नोट अफ डिसेन्ट लेख्छु ।’

    उनले यस्तो व्यवस्थाले जनमानसमा भ्रष्टाचारी जोगाउन खोजेको सन्देश जाने बताए ।

    ५ वर्षको हदम्याद राख्ने निर्णय भए आफूले नोट अफ डिसेन्ट लेख्ने सांसद केसीको चेतावनी छ ।

    सांसद केसीले सर्वोच्च अदालतमा ४ हजार मुद्दा ५ वर्ष पुराना रहेको उल्लेख गर्दै हदम्याद स्वीकार गर्नै नसकिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार