Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • संसद्‌मा मुसा आतंक, नियन्त्रण गर्न बजेट विनियोजन

    संसद्‌मा मुसा आतंक, नियन्त्रण गर्न बजेट विनियोजन

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 282
    SHARES

    एजेन्सी । पाकिस्तानको संसद्‌मा मुसा नियन्त्रण गर्न १२ लाख पाकिस्तानी रुपैयाँ विनियोजन गरेको छ ।

    हललाई मुसामुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट तोकिएको हो । मुसाले पुराना अभिलेखहरू काटेका छन्।



    ती फाइलमध्ये धेरैलाई मुसाले काटिसकेको रहेछ । धेरैजसो मुसा पहिलो तल्लामा रहेका छन् ।



    सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।

    यस क्षेत्रमा खाना हल पनि छ। दिउँसो संसद्‌मा सांसद उपस्थित हुँदा मुसा देखिँदैनन् । तर राति धेरै नोक्सान गर्छन् ।

    मुसा नियन्त्रणका लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि जारी गरिएको छ । मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको कीट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ ।

    हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएको समाचारमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार