Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रुहरू अलपत्र

    अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रुहरू अलपत्र

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 354
    SHARES

    जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो ।

    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको बताइएको छ ।



    विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।



    यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धी निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।

    सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार