Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग – त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो

    गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग – त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 888
    SHARES

    काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।

    विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको माग गरेकी हुन् ।



    शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’



    केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार