Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मोहना नदीको बहाब सतर्कता तह नजिक, सचेत रहन आग्रह

    मोहना नदीको बहाब सतर्कता तह नजिक, सचेत रहन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 441
    SHARES

    कैलाली । कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक पुगेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार मालाखेती जलमापन केन्द्रमा राति ९ बजे नदीको जलसतह सतर्कता तह आसपास रहेको हो ।



    विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा भोलि बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।



    विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरु भोली बिहान ६ बजे सम्म सतर्कता अपनाईराखौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार