Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • लुम्बिनीका पूर्वमुख्यमन्त्री गिरीले गरे गाडी फिर्ता

    लुम्बिनीका पूर्वमुख्यमन्त्री गिरीले गरे गाडी फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 894
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।

    पूर्वमुख्मन्त्री र नेकपा एमाले संसदीय दलको नेताका हैसियतमा चढ्दै आएको लू१झ ७५३ नम्बरको गाडी गिरीले मंगलवार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरमार्फत फिर्ता गरेका हुन् ।



    सो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा मातहत ल्याएको भएकाले प्रदेशसभामै फिर्ता गरेको नेता गिरीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए । गिरी लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो तीन महिना मुख्यमन्त्री बनेका थिए ।



    एमाले संसदीय दलको नेताबाट गिरीलाई हटाएर एमालेले मुख्यमन्त्री चेतनारायण आचार्यलाई आइतबार दलको नेता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार