Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कैलालीमा चोरी र लागुऔषध मुद्धाका चारजना फरार प्रतिवादी समातिए

    कैलालीमा चोरी र लागुऔषध मुद्धाका चारजना फरार प्रतिवादी समातिए

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 456
    SHARES

    कैलाली । प्रहरीले कैलालीमा मंगलबार चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गतको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ४ का २६ वर्षीय विजयकुमार नेपाली र धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रज्वल न्यौपाने रहेका छन् ।



    उनीहरुलाई लागुऔषध मुद्दामा २९ दिन कैद सजाय सुनाइएको थियो । यसैगरी धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र २१ वर्षीय राज चौधरी भन्ने राजसिंह रहेको जिल्ला प्रहरी कार्यालय कैैलालीले जनाएको छ ।

    उनीहरु दुवै जनालाई चोरी मुद्धामा २५ दिन कैद सजाय सुनाइएको थियो । उनीहरु चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको कैलाली प्रहरीका सहप्रवक्ता लोकेन्द्र सिंंह कार्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार