Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जना पक्राउ

    लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 375
    SHARES

    काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा इटहरीका सुरेश थापा र नुवाकोटका रामकुमार थपलिया रहेका छन् ।



    प्रहरी वृत थानकोटको टोलीले धरानदेखि काठमाडौं आउँदै गरेको बसमा सवार सुनसरी इटहरीका थापालाई ९७.७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।



    थप अनुसन्धानका क्रममा बालाजु माछापोखरीबाट नुवाकोटका थपलियालाई ४ ग्राम हेरोइन र ७५ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार थापाले कालो रंगको झोला भित्र हेरोइन लुकाएर ल्याएका थिए ।

    माछापोखरीमा थपलिया उक्त लागूऔषध रिसिभ गर्न बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ परेका दुवैमाथि थानकोट प्रहरी वृत्तले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार