Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : राजेन्द्र लिङ्देन

    नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 261
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन् ।

    राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।



    उनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताए । त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी भएका थिए ।



    उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार