Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 375
    SHARES

    काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् ।

    मन्त्री राणले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा सोमबार बेलुकी प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेकी हुन् ।



    भारतको औपचारिक भ्रमणमा रहेकी राणाले सोमबार बेलुकी प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेट गरेकी हुन् । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ ।



    उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

    भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार