Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचार आरोपमा ११ वर्ष जेल सजाय

    चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचार आरोपमा ११ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 255
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।

    चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो ।



    उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ ।



    सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार