Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ

    ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 228
    SHARES

    झापा । लागूऔषध ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भइ हाल बिर्तामोड नगरपालिका–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।



    उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार