Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जाजरकोट पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

    जाजरकोट पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 282
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटको माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा नलगाड नगरपालिका–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्।



    उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका छन् ।



    इलाका प्रहरी कार्यालय दल्लीको टोली घटनास्थलमा पुगेको छ।

    घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार