Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युक्रेनी सेनाको दाबी – रुसले किएभमा गरेको मिसाइल आक्रमण विफल गर्‍यौँ

    युक्रेनी सेनाको दाबी – रुसले किएभमा गरेको मिसाइल आक्रमण विफल गर्‍यौँ

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 582
    SHARES

    एजेन्सी । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको दाबी गरेको छ ।

    किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो । मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो ।



    ‘दुश्मनका सबै ड्रोन शहरभन्दा धेरै टाढा नष्ट गरिएको छ’ रुसी सेनाले भनेको छ ।



    आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले थपेको छ, ‘सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।’

    संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् ।

    यस्तै रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको जानकारी दिएको छ । युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार