Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बझाङमा पहिरोले घरभित्र च्यापिएका चारै जनाको शव फेला

    बझाङमा पहिरोले घरभित्र च्यापिएका चारै जनाको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 528
    SHARES

    बझाङ । बझाङमा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ ।

    जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको हो ।



    स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



    ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार