Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बझाङमा पहिरोले घर पुरिँदा चारजना बेपत्ता, पाँचको उद्धार

    बझाङमा पहिरोले घर पुरिँदा चारजना बेपत्ता, पाँचको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 444
    SHARES

    बझाङ । बझाङमा एक घरमाथिबाट पहिरो जाँदा चारजना बेपत्ता भएका छन् ।

    आइतबार राति बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्।



    गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।



    ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ ।

    पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको बताइएको छ ।

    उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार