Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • धनगढीमा ‘एचए’ पढ्दै गरेकी युवती मृत फेला, घटना शंकास्पद

    धनगढीमा ‘एचए’ पढ्दै गरेकी युवती मृत फेला, घटना शंकास्पद

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 1.4K
    SHARES

    कैलाली । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ को चकमेली चोक नजिकै युवती मृत अवस्थामा फेला परेकी हुन् ।

    कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापा आइतबार दिउँसो डेरा गरि बस्ने कोठामा मृत भेटिएकी थिइन् ।



    उनी कोठाको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेको छ । उनको शरीरमा घाउ, चोटपटक रहेको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार