Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बाँकेमा गुन्डागर्दी बढ्दा प्रहरीमाथि आक्रोश बढ्दै, एसपीलाई निलम्बनको माग

    बाँकेमा गुन्डागर्दी बढ्दा प्रहरीमाथि आक्रोश बढ्दै, एसपीलाई निलम्बनको माग

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरीको कमजोरीले बाँकेमा गुन्डागर्दी बढ्न थालेको छ । प्रहरीले नै एक समूहलाई सहयोग गर्दा यस्तो अवस्था आएको आरोप लागेको छ ।

    शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा दुई समूहबीच भएको भिडन्तमा कांग्रेसका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।



    राप्ती सोनारी गाउँपालिकाका तरुण दलका सदस्य सन्दीप बिष्ट ‘स्यान्डी’ गम्भीर घाइते भएका छन् । बिनौना चोकमा उनीमाथि खुँडा प्रहार भएको छ ।



    स्रोतका अनुसार बालुवा तस्करी लगायत विषयमा विवाद हुँदा बिष्टमाथि आक्रमण भएको हो । आक्रमणमा एमाले निकटहरु संलग्न रहेको आरोप लागेको छ ।

    आक्रमणमा ज्ञानेन्द्रबहादुर वली, नारायण डाँगी लगायत संलग्न रहेको आरोप लागेको छ । साथै स्थानीय वडाअध्यक्ष सुमन मल्ल पनि छानविनमा तानिएका छन् । मल्ल क्यासिनोदेखि तस्करीसम्म मुछिएका एमालेका स्थानीय नेता हुन् ।

    घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै तरुण दलले आक्रोश व्यक्त गरेको छ । बाँकेका एसपी तुलबहादुर कार्कीले आक्रमण गर्नेलाई पहिलेदेखि नै संरक्षण गर्दै आएको भन्दै उनलाई निलम्बनको माग गरिएको छ ।

    एसपी कार्की र डिएसपी नारायण डाँगीविरुद्ध कांग्रेस कार्यकर्ताले सडकमा विरोध प्रदर्शन गर्नुका साथै गृह मन्त्रालयमा समेत उजुरी गरेका छन् ।

    एसपी कार्की अनेक विवादमा परिसकेका छन् । यसअघि गुप्तचरका हवल्दार अर्जुन खड्का कुटिएको र अवैध ७० लाख अवैध बनाएको घटनामा पनि एसपी कार्कीको शंकास्पद भूमिका देखिएको थियो ।

    क्यासिनो सञ्चालकहरुले ओसारपसार गरेको अवैध ७० लाख रुपैयाँ गुप्तचरका हवल्दारले बरामद गरेकोमा प्रहरीकै अगाडि उनलाई कुटपिट गरी अपराधिक समूहले पैसा लगेको थियो । सो पैसा अझै भेटिएको छैन ।

    बाँकेका अवैध क्यासिनो सञ्चालकलाई प्रहरीले संरक्षण दिदै आएको छ । साथै, अवैध उत्खननमा पनि प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप छ ।

    एसपी कार्कीको कार्यशैली विवादास्पद हुँदै गएपछि गृह मन्त्रालयले उनलाई हटाउने तयारी गरेको छ । कार्की एमाले निकट एसपीका रुपमा चिनिन्छन् ।

    जिल्लामा पनि उनको हिमचिम एमालेसँग बढी रहेको र निष्पक्ष काम गर्न नसकेको स्थानीयहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार