Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • शरणार्थी प्रकरण : बेचन झा कारागार चलान

    शरणार्थी प्रकरण : बेचन झा कारागार चलान

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 354
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई कारागार चलान गरिएको छ ।

    जिल्ला अदालत काठमाडौंको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको हो ।



    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका थिए।



    झालाई केन्द्रीय कारागार सुनधारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सरकारी वकिलको कार्यालयले झाविरुद्ध साउन २९ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

    झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार