Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश

    भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 318
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

    न्यायाधीश तीर्थराज केसीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।



    यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए ।



    जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

    जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

    शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

    झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार