Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बाँकेमा दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना पक्राउ

    बाँकेमा दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 438
    SHARES

    फाइल तस्विर

    बाँके । खुकुरी प्रहारबाट बाँकेमा दुई युवा गम्भीर घाइते भएका छन्।

    बैजनाथ गाउँपालिका-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका-२ का २८ वर्षीय सन्दिप बिष्टमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।



    घाइतेमध्ये मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट छ। बिष्टभन्दा मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



    घाइतेलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। शनिबार बेलुकी ८ बजेतिर राप्ती सोनारी २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए।

    घटना सोधपुछका लागि राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानु वलीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले अन्य तीन जनाको नाम भने खुलाएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार