Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • रुसमा गयो शक्तिशाली भूकम्प, ज्वालामुखी पनि विष्फोट !

    रुसमा गयो शक्तिशाली भूकम्प, ज्वालामुखी पनि विष्फोट !

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।

    आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।



    सो भूकम्पपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।



    भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार