Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पूर्वप्रधानमन्त्री थाक्सिनले पाए थाइल्यान्डका राजाबाट आममाफी

    पूर्वप्रधानमन्त्री थाक्सिनले पाए थाइल्यान्डका राजाबाट आममाफी

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई शनिवार आममाफी दिएका छन् ।

    राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री थाक्सिन पनि एक हन् ।



    १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।



    राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सीमित गरिदिएका थिए । उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल) मा रिहा गरिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार