कैलाली । धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ ।
शुक्रबार धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीया महिलालाई उनका श्रीमानको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा लगाइएको छ ।
ती महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको बताइएको छ । महिलाका घरमा दुई जना छोरा समेत छन् ।
महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका युवक मनसुरी महिलालाई भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहित धनगढी विमानस्थलबाट पक्राउ परेका थिए ।
Leave a Reply