Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • क्यानडामा डेरा र रोजगारी पाउन कठिन, यस्तो छ दूतावासको सुझाव

    क्यानडामा डेरा र रोजगारी पाउन कठिन, यस्तो छ दूतावासको सुझाव

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत सबै कुराको जानकारी लिएर मात्र जान दूतावासले आग्रह गरेको हो ।

    अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको दूतावासले जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।



    क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ । अतिरञ्जित प्रचार भर परेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ ।



    “रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ,” दूतावासले भनेको छ, “अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।”

    नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार