Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • काठमाडौँ महानगरले भन्यो – विद्यालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गर्न नदिनू

    काठमाडौँ महानगरले भन्यो – विद्यालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गर्न नदिनू

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 522
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

    विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो ।



    महानगरपालिकाले अनधिकृत व्यक्ति विद्यालयमा बलपूर्वक प्रवेश गर्न खोजे र विद्यालयले सहयोग मागेको खण्डमा आफूले आवश्यक सहजीकरण गर्ने जनाएको छ ।



    ‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छ’, महानगरले जारी गरेको एक सूचनामा उल्लेख छ ।

    यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत महानगरले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार