Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 531
    SHARES

    फाइल तस्विर

    सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले ठक्कर दिँदा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का महेश कुमार मेहता र पछाडि सवार जयप्रकाश मेहताको मृत्यु भएको हो ।



    महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।



    आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् ।

    अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार