Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • एकैपटक ५९ सहसचिवको सरुवा [सूचीसहित]

    एकैपटक ५९ सहसचिवको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 588
    SHARES

    काठमाडौं । सरकारले एकै पटक ५९ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे र राष्ट्रिय योजना आयोगकाका यमलाल भुसालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।



    स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवर पनि प्रधामनन्त्री कार्यालयमा तानिएका छन्। उनी यसअघि पनि प्रधानमन्त्री कार्यालयमै काजका रुपमा कार्यरत थिए।



    त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहकी सहसचिव कृष्णकुमारी श्रेष्ठ र सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा तानिएका छन्।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखकलाई परराष्ट्रमा सरुवा गरिएको छ भने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

    त्यस्तै, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् भने अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार राना लोकसेवा आयोगमा पुगेका छन् । भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतोको पनि लोक सेवा आयोगमा सरुवा गरिएको छ ।

    सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा आएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईको पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमै आएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालय पुगेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनालको परराष्ट्र मन्त्रालयमामा सरुवा भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा भएका छन् ।

    त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् ।

    अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार राना लोकसेवा आयोगमा पुगेका छन् । भन्सार विभागका उपमहानिर्देशक रामकुमार महतोलाई लोक सेवा आयोगमा पठाइएको छ ।

    सह–सचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा पठाइएको छ ।

    त्यस्तै, अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिलाको अतिरिक्त समूहमा राखिएका छन्।

    सहसचिव शिवराम पोखरेललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।

    त्यस्तै, रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन्।

    त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ भने बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

    कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन् ।

    सहसचिव डा.नारायणप्रसाद रेग्मीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा गरिएको छ।

    त्यस्तै, सहसचिव रामकृष्ण लामिछाने तहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् भने सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

    रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा पुगेका छन् । सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा सरुवा भएको छ ।

    त्यस्तै, यसअघिका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा पठाइएको छ ।

    पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

    परराष्ट्रका नवराज ढुङ्गानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ भने उनीसँगै परराष्ट्र गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन् ।

    सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् । सहसचिव पुष्कर न्यौपाने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

    त्यस्तै, सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवालीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।

    गण्डकीको प्रदेश लोकसेवा आयोगमा रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ । सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । भूपेन्द्र थापालाई भने गृह मन्त्रालयबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

    त्यस्तै, सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव सूर्यबहादुर खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् ।

    राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

    लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन् ।

    दीपकराज नेपाललाई श्रम मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहालले संघीय मामिलाको अतिरिक्त समूहको जिम्मेवारी पाएका छन् । सहसचिव ज्ञानप्रसाद ढकाललाई सरकाले रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार