Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 465
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

    शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।



    प्रधानमन्त्री ओलीसँग उपविदेशमन्त्री बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा छलफल भएको छ ।



    भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको स्रोतले बतायो।

    उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

    नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार