Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युक्रेनले रुसमा खोल्यो सैन्य कार्यालय

    युक्रेनले रुसमा खोल्यो सैन्य कार्यालय

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 444
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ।

    युक्रेनले यस बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिस्कीले बताएका छन् ।



    ओलेक्सान्द्र सिर्कासिर्की अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्कालीन आवश्यकता पूरा गर्ने बताइएको छ ।



    सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा जनरल सिस्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।

    यो बैठक युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अध्यक्षतामा भएको थियो ।

    रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्क्स क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

    युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्ना सेनाले कब्जा जमाएको दाबी गरेका थिए । जनरल सिर्कासिर्की अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर भित्रसम्म घुसेका छन् ।

    तिनीहरूले ८२ बस्तीसहित १ हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको बताइएको छ । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो ।

    तर युक्रेनले आफ्नो रुचि रुसको भू–भाग कब्जा गर्न नभएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार