Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं आइपुगे अमेरिकी उपविदेशमन्त्री बर्मा

    काठमाडौं आइपुगे अमेरिकी उपविदेशमन्त्री बर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर वर्मा काठमाडौं आइपुगेका छन्।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उपविदेशमन्त्री वर्मा काठमाडौं आइपुगेका जनाएको हो ।



    व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।



    उपविदेशमन्त्री वर्मालाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्।

    भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।

    उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

    नेपालमा उपविदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार