Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओबादी केन्द्र फुट्छ भन्ने हल्ला निराधार हो : अध्यक्ष प्रचण्ड

    माओबादी केन्द्र फुट्छ भन्ने हल्ला निराधार हो : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ३१ साउन २०८१
  • 498
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओबादी केन्द्र फुट्छ भन्ने हल्ला गलत भएको बताएका छन् ।

    पार्टी स्थायी कमिटी बैठकपछि बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले पार्टी थप एकतावद्ध भएको बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘कमरेड प्रभावकरले पार्टी फुटाउँछन् भन्ने मोहाल बनेको छ भन्ने कुरा विलकुल गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ । कमरेड प्रभाकरलगायत अन्यमाथि जे आरोप र आशंका गरिएको छ यो गलत छ । उहाँले ममाथि लगाएको आरोप पनि हल भइसक्यो ।’



    त्यस्तै, अध्यक्ष प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने बताए ।

    लामो समयपछि टीआरसी विधेयक अगाडि बढेको भन्दै पीडितले न्याय पाउने भएकोले यसलाई सबैले कार्यान्वयनमा लानुपर्ने बताए ।

    टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार