Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पोखराका क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार

    पोखराका क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, ३१ साउन २०८१
  • 333
    SHARES

    कास्की । पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्धार गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।



    राति नौ बजेतिर रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको हो ।

    स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार