Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बिरुवा गाउँपालिकाका अध्यक्ष कुँवर पक्राउ पुर्जी जारी भएपछि फरार

    बिरुवा गाउँपालिकाका अध्यक्ष कुँवर पक्राउ पुर्जी जारी भएपछि फरार

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 1.3K
    SHARES

    स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध सहकारी ठगी अभियोगमा पक्राउ पूर्जी जारीपछि फरार भएका छन् ।

    सहकारीको बचत अपचलन अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको अनुमतिमा उनीविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार भएका हुन् ।



    बाँडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको विरुवास्थित सेवा केन्द्रबाट बचतकर्ताको रकम अपचलनमा उनी मुछिएका हुन् । सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।



    उनको मोवाइल मंगलबारदेखि अफ छ र उनी सम्पर्कविहीन भएका छन् । कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार