Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • स्थानीय तहको उपनिर्वाचन जुट्यो आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

    स्थानीय तहको उपनिर्वाचन जुट्यो आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 462
    SHARES

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

    नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ ।



    आयोगले आज एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ ।



    आयोगका प्रवक्ता रघुराम विष्टले गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार