Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • डिउटीबाटै कसरी अपहरणमा परे ट्राफिक प्रहरीका हवल्दार ?

    डिउटीबाटै कसरी अपहरणमा परे ट्राफिक प्रहरीका हवल्दार ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 4.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक हवल्दार डिउटीबाटै भारतीयबाट अपहरणमा परेका छन् । घटनामा संलग्न पाँच जनामाथि प्रहरीले अपहरण मुद्दा अघि बढाएको छ ।

    घटना गत १२ साउनमा सिन्धुली जिल्लामा भएको हो । तर, प्रहरीले विस्तृत विवरण बाहिर ल्याएको छैन ।



    सो दिन बेलुका करिब ८ बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित विपी राजमार्गमा पर्ने हिरापानी चेकपोष्टमा मापसे डिउटीमा खटिएको थियो ।

    बिआर२२एइपी ७३२१ नम्बरको भारतीय कारमा पाँच भारतीय थिए । उनीहरुले मादक पदार्थ सेवन गरेका थिए ।

    प्रहरी हवल्दार संदिप नारायण दासले चेकजाँच गर्ने क्रममा भारतीयसँग विवाद भयो । गाडीमा रहेका भारतीयले हवल्दार दासलाई गाडीभित्र तानेर गाडी गुदाएका थिए।

    सँगै रहेका अन्य ट्राफिक प्रहरीले मोटरसाइकलमा गाडीलाई पछ्याएर करिब आधा किलोमिटर टाढा भेटाएका थिए ।

    त्यहाँ पाँचै जनालाई पक्राउ गरी प्रहरीले अपहरण कसुरमा अनुसन्धान अघि बढाएको हो ।

    पक्राउ पर्नेहरुमा बिहारका मुकेश कुमार, दिलिप कुमार, अविनाश कुमार, रामानन्द प्रसाद र आनन्द प्रकाश छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार