Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीबाट बुवाको हत्या आरोपमा छोरा पक्राउ

    सिन्धुलीबाट बुवाको हत्या आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 402
    SHARES

    फाइल तस्विर

    सिन्धुली। बुवाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

    सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपाते बस्ने ५८ वर्षीय लालबहादुर विकको हत्या आरोपमा उनकै २१ वर्षीय छोरा अमृतलाई पक्राउ गरेको हो।



    गएराति अमृतले सुतिरहेका बुवा लालबहादुरको टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेका थिए।



    अमृत उनका माइला छोरा हुन्। हत्याको खबरपछि प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले अमृतलाई पक्राउ गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार