Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एक लाख १० हजारमा भियतनाम पाँच दिन घुम्न पाइने, किस्ताबन्दीमा रकम तिर्न सकिने

    एक लाख १० हजारमा भियतनाम पाँच दिन घुम्न पाइने, किस्ताबन्दीमा रकम तिर्न सकिने

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 639
    SHARES

    काठमाडौँ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्ने भएको छ ।

    रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार नेपाल र भियतनामबीच सिधा उडान नभएकाले चार्टर उडानबाट पर्यटक ओहोरदोहोर हुन लागेका हुन् ।



    कम्पनीले यसअघि पनि सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको छ । रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।



    पराजुलीका अनुसार, भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू र बौद्धनाथको अवलोकन गर्ने छन् । नेपालीले अन्य पूर्वी एशियाली मुलुक हुँदै भियतनाम भ्रमणमा जानुपर्ने भए महँगो पर्ने भएकाले सिधा उडानमार्फत यो टुर प्याकेज आयोजना गरिएको हो ।

    रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । यसमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

    भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराइने भनिएको छ । पहिलो दिन हानोई पुग्ने नेपालीलाई त्यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने भनिएको छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौं दिन नेपाल फर्काइने छ ।

    कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ । यो प्याकेज १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।

    ‘हामीले अघिल्लो वर्षदेखि नै नियमितरुपमा चार्टर उडान गरी पर्यटक आदानप्रदान गरिरहेको यहाँहरुलाई अवगत नै छ । त्यसैको निरन्तरता स्वरुप दशैंलगत्तै थद दुईवटा उडान गर्न लागिएको हो । भियतनाम घुम्न चाहने यात्रुहरुलाई जति सक्दो छिटो आफ्नो सिट सुरक्षित गर्न हामी अनुरोध गर्दछौँ,’ प्रबन्ध निर्देशक पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार