Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउन स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव

    स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउन स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 813
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन् ।

    आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। बीमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउने तयारी भइरहेको उनले बताए।



    सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आम्दानीको आधारमा प्रिमियम र भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने स्वास्थ्यमन्त्री पौडेलले बताए।



    स्वास्थ्यमन्त्री पौडेलले औषधि ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गर्ने, स्वास्थ्य सेवाका जनशक्ति व्यवस्थापनका सन्दर्भमा एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमा गर्ने र व्यबस्थित गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्ने पनि उनले बताए।

    आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई छ ।

    मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार