Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बंगलादेशको प्रधानन्यायाधीशमा सैयद नियुक्त

    बंगलादेशको प्रधानन्यायाधीशमा सैयद नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 393
    SHARES

    एजेन्सी । बंगलादेशको नयाँ प्रधानन्यायाधीशमा सैयद रेफत अहमद नियुक्त भएका छन् ।

    प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामापछि सैयद बंगलादेशकौ प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।



    विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन्।



    हसनले राजीनामा दिएपछि राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

    नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

    शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

    योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार