Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • भरुवा बन्दुकसहित झापाबाट तीन जना पक्राउ

    भरुवा बन्दुकसहित झापाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 285
    SHARES

    झापा। प्रहरीले एक भरुवा बन्दुक र चोरीको समानसहित ३ जनालाई पक्राउ गरेको छ।

    झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी गरेका तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ २१ वर्षीय निखिल तामाङ रहेका छन् ।



    छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला परेकोले बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार