Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ३६ लाख दिएर दुई करोड असुली !

    ३६ लाख दिएर दुई करोड असुली !

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 489
    SHARES

    फाइल तस्विर

    नवलपुर । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन ।

    नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ ।



    कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ । तथापि प्रहरीले भुसाललाई पक्राउ गरी कारबाही चलाएको छ ।



    प्रहरीका अनुसार भुसालले मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाललाई नियन्त्रणमा लिएको हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार