काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई वर्षको अवधिमा आफूहरूले ‘जानेको गरेको’ बताएका छन् ।
शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी ठिक र लय पक्रँदै गरेको बताएका हुन् । अबको यात्रा ‘नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको’ हुने उनको भनाइ छ ।
“…अबको यात्रा संयम र धैर्यसहित परिष्कृत वैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको,” उनले लेखेका छन् ।
पार्टी परिपक्व हुने चरणमा रहेको पनि उल्लेख गरेका छन् । सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रूपमा पार्टीको ‘क्लोज क्याम्प’ सकिएको उनले जानकारी गराएका छन् ।
“सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ ।
Leave a Reply