Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 498
    SHARES

    फाइल फोटो

    बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो।



    बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार