Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संसदीय अभ्यासका क्रममा हामी प्रदूषित भएका छौँ, शुद्धीकरण अभियानमा जानैपर्छ : प्रचण्ड

    संसदीय अभ्यासका क्रममा हामी प्रदूषित भएका छौँ, शुद्धीकरण अभियानमा जानैपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 393
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा शुद्धीकरण अभियान जारी रहेको बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै प्रचण्डले सो कुरा बताएका हुन् ।



    उनले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिए ।



    ‘विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं। देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ। त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार