Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

    दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 252
    SHARES

    काठमाडौं । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी सरकारले गरेको हो ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरव्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोटगरी चिनी खरिद गर्न पत्राचार गरेको थियो ।



    भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् ।



    अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले गत वर्ष भारतले दिने भनेको कोटाको चिनी हाल खरिदका लागि सूचना आह्वान गरेको हो ।

    साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार दसैँतिहारमा मात्रै कर्पोरेसनमा करिब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार