Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • दलित समुदायका पहिलो आचार्य दमाईले भने – पशुपतिको चरणमा स्वर्ग महसुस भयो

    दलित समुदायका पहिलो आचार्य दमाईले भने – पशुपतिको चरणमा स्वर्ग महसुस भयो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । दलित समुदायबाट संस्कृत साहित्यमा पहिलो आचार्य उपाधि लिएका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्ने बताएका छन् ।

    पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आयोजित कोटीहोमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलितहरूलाई वेदपुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक अवस्थालाई चुनौती दिँदै आचार्य बनेका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्ने बताए ।



    आयोजकले भव्य स्वागत तथा अभिनन्दन गरेपछि सम्बोधनका क्रममा उनले आफू शुद्र कुलमा जन्मिए पनि आचार्य हुन सफल भएको पनि बताए । यस्तै आचार्य दमाईले पशुपतिको चरणमा स्वर्ग महसुस भएको बताए ।

    कृष्ण दमाई पहिलो व्यक्तिका रुपमा दलित समुदायबाट पण्डित बनेर कोटीहोमको व्यासमा बसे । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्छु । एउट शुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्ममा ल्याउने आदरणीय गुरूहरूमा नमन गर्छु’, उनले भनेका छन्, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि नेपालको राष्ट्रदेव पशुपतिको चरणमा स्वर्ग महसुस भएको छ । मैले यहाँ स्वर्ग प्राप्त गरेँ ।’

    बैतडी घर भएका कृष्ण दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेर चर्चा बटुलेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार