Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना, कैदीबन्दीलाई दिइयो किताब !

    जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना, कैदीबन्दीलाई दिइयो किताब !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 729
    SHARES

    जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।

    नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो ।



    किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।



    जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।

    कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार