Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा. बागचन्द

    पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा. बागचन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 465
    SHARES

    काठमाडौं । उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रत्नबहादुर बागचन्दलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

    न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।



    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा. बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।



    त्यस्तै, परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार