Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • फेक आईडी बनाएर किशोरीसँग चिनजान, मध्यराति जंगलमा लगेर सामूहिक बलात्कार !

    फेक आईडी बनाएर किशोरीसँग चिनजान, मध्यराति जंगलमा लगेर सामूहिक बलात्कार !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 996
    SHARES

    कैलाली । कैलालीको गोदावरीस्थित जंगलमा साउन ९ गते मध्यराति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भयो । गोदावरी नगरपालिका–३ की किशोरीमाथि उनकै वर्तमान र पूर्वप्रेमीसहितका व्यक्तिहरुले बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

    करिब ७ महिनासम्म गोदावरी नगरपालिका १० का पदम थापासँग लिभिङ टुगेदरमा बसेकी ती किशोरी सान ९ गते मध्यराति भने भेट्न घरबाहिर निस्किन । उनले त्यस अगाडी उनीसँग भेट गरेकी थिइनन् ।



    तर ती युवकले राति बोलाएपछि उनी सहजै भेट्न जंगलतिर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अझै पनि ती किशोरीले युवकलाई राम्रोसँग चिनेकी थिइनन् । थापाले परिचय लुकाएर ती युवतीसँग कुरा गरिरहेका थिए । त्यसपछि ती किशोरीलाई मोटरसाइकलमा राखेर राति झण्डै साढे १ बजे गोदावरी नगरपालिका १० को मालाखेती जंगलमा पुर्‍याए ।



    सो मोटरसाइकलमा थापा र किशोरीसँग अर्का एकजना पनि थिए । अर्का व्यक्तिलाई थापाले मोटरसाइकलमा चलाउनको लागि लगेका थिए । जंगलमा पुगिसकेपछि थापाले किशोरीमाथि बलात्कार गर्छन् ।

    उनले किशोरीलाई बलात्कार गरिसकेपछि अन्य तीनजना साथिहरुसमेत फिल्मी शैलीमा प्रस्तुत भए । तीनै जनाले थापा र बिक थरका उनका साथीलाई यति राति जंगलमा केटी ल्याएर जथाभावी गर्ने भन्दै कुटपिट गरेजस्तो गर्छन् ।

    उनीहरु दुवै जना त्यहाँबाट मोटरसाइकल चढेर घरतिर भाग्छन् । त्यसपछि किशोरीलाई तीन जनाको समूहमा रहेका मध्येका एक युवकले बलात्कार गर्छन् भने अन्य दुई जना पनि त्यहाँबाट हिडिसकेका हुन्छन् ।

    किशोरीमाथि जबरजस्तीकरणी गरिसकेपछि रातिनै उनै युवकले मोटरसाइकलमा राखेर घरमा पुगाइदिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार किशोरीमाथि बलात्कार गरेर मध्यरातमा घर पुगाउने युवक पनि किशोरीलाई सुरुमा जंगलमा लगेर बलात्कार गर्ने थापाकै साथी हुन् ।

    ती युवक किशोरीको पूर्वप्रेमी रहेको तथ्य खुलेको छ । उनी किशोरीसँग ७ महिनाजती लिभिङ टुगेदरमा बसेका थिए भने सम्बन्ध बिग्रिएपछि छाडेका थिए । यसरी हेर्दा ती किशोरीमाथि योजनाबद्ध रुपमा जंगलमा लगेर जबरजस्तीकरणी गरेको देखिएको प्रहरी स्रोत बताउँछ ।

    त्यसपछि अपरिचित युवाको समूहले आफूमाथि बलात्कार गरेको व्यहोराको उजुरी लिएर किशोरी इलाका प्रहरी कार्यालय मालाखेती पुगेकी थिइन् । ९ गतेको घटना भएपनि प्रहरीमा ११ गतेमात्रै उजुरी परेको थियो ।

    तर युवकहरुलाई भने ती किशोरीले नचिनेका कारण प्रहरीलाई पहिचान गर्न समस्या भयो । थापासँग उनको फेसबुकबाट मात्र कुराकानी हुन्थ्यो । तर त्यो फेक फेसबुक आइडी थियो ।

    त्यतिबेलासम्म युवकले फेक फेसबुक आइडी समेत ब्लक गरिसकेका थिए । तर कैलाली प्रहरीले साइबर ब्युरोको सहयोगमा त्यो फेक आइडीको कसको हो भन्ने पत्ता लगायो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार फेक फेसबुक आइडी गोदावरी नगरपालिका–१० का पदम थापाले चलाएका थिए ।

    फेसबुक आईडीमा भेटिएको इमेल आईडी र फोन नम्बरका आधारमा थापाको पहिचान खुलेको थियो । त्यसपछि उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । सुरुमा उनले अन्य व्यक्तिहरुलाई नचिनेको भन्दै प्रहरी समक्ष बयान दिएका थिए ।

    तर प्रहरीले केरकार गरेपछि उनी सबै कुरा खोल्न बाध्य भए । तर उनले ढिलो गरी सबै कुरा खोलेका कारण अन्य युवकहरुलाई पक्राउ गर्न नसकेको एसपी विष्टले बताए ।

    घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै बिष्टले फरार रहेकाहरु पक्राउ परेपछि थप तथ्य खुल्ने जानकारी दिए । प्रहरीकाअनुसार युवतीले अहिले पूर्वप्रेमीसहितका ६ जनाको नाममा किटानी जाहेरी दिएकी छन् ।

    उनीहरु मध्ये तीन जना जबरजस्तीकरणीमा संलग्न र अन्य तीन जनाले सहयोगीको भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ । फरार रहेका पाँच जनाको परिचय भने प्रहरीले खुलाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार